Madhes Khabar
शिक्षा हेडलाइन

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने कलैयाका मेयर साहकाे चेतावनी

बारा,२असाेज: बाराकाे कलैया उपमहानगरपालिकाका मेयर विनाेद प्रसाद साहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सरकारले ल्याएकाे शिक्षा विधेयक २०८० खारेजकाे माग गर्दै देशभरका सामुदायिक विद्यालय शिक्षकहरुले बुधबार असाेज ३ गतेदेखि विद्यालयमा पठापाठन बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गर्ने घाेषणा यसअघि नै गरिसकेका छन् ।

यसै सन्दर्भमा कलैया उपमहानगरपालिकाका मेयर साहले मंगलबार साँझ एक सूचना नै जारी गरेर विद्यालयकाे पठनपाठन नै ठप्प पारेर आन्दोलनमा जाने उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

बालबालिकाहरुकने पढ्न पाउनुपर्ने नैसर्गिक अधिकारलाई बञ्चित पार्ने गरी आन्दोलनको नाममा विद्यालय बन्द गर्नु कानुन सम्मत नहुने भएकाले उपमहानगरमा रहेका माध्यमिक विद्यालयबाट बढीमा २ जना तथा आधारभूत विद्यालयकाट बढीमा १ जना मात्र शिक्षकलाई आन्दाेलनमा जान मेयर साहले अनुरोध गरेका छन् ।

अन्यथा विद्यालय नै बन्द गरी पठनपाठन सञ्चालन नगर्ने प्रधानाध्यापक र शिक्षकहरुलाई नियमानुसार कारबाही गरिने चेतावनी मेयर साहले उक्त सुचना मार्फत दिएका छन् ।

कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर साहले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्।

Related posts

पर्साको लखनपुरमा एसइइ उत्तीर्ण विधार्थीहरु सम्मानित

MadhesKhabar

निर्वाचन सुरक्षाका लागि केन्द्रबाट १३ हजार थप सुरक्षाकर्मी मैदानमा

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ कसरी भयो चोरी ?

MadhesKhabar

Leave a Comment