
बारा,२०असोजःबाराको पचरौता नगरपालिका वडा नम्बर –५ बेलदारीमा आइतबार ८५ परिवारलाई खाना पकाउने एलपी ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको छ । आइतबार गाँउपालिकाको प्रशासनीक कार्यालयमा आयोजित कार्यक्रममा मेयर जलन्धर सिंहले ८५ परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरेका हुन् ।
मेयर सिंहकाा अनुसार, यसअघिका मेयर रमेशकुमार यादवको कार्यकालमा ५ हजार ६ सय परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिने बेलामा राजनीतिक पूर्वाग्राहका कारण विभिन्न वडामा गरी १ हजार ४० परिवारलाई बञ्चित गरिएको थियो । आफनो चुनाव प्रचारका बेला आफु मेयरमा निर्वाचित भएपछि आँफुले बञ्चित ती परिवारलाई सिलिण्डरसहितको चुल्हो सेट वितरण गर्ने वाचा गरेको र त्यहि वाचा अनुरुप आइतबार ८५ परिवारलाई सिलिण्डर र चुल्हो सेट वितरण गरिएको मेयर सिंहले बताए ।अरु बाँकी परिवारहरुलाईपनि क्रमश वितरण गरिने उनले जानकारी दिए।
दाउरा,गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यलेपनि यो कार्यक्रम ल्याइएको मेयर सिंहले बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडाध्यक्षहरु लक्ष्मी यादव,मकबूल मियाँ अन्सारी, धेनुक राउत कुर्मी,बनारसी बिन लगायतकोपनि उपस्थिती रहेको सञ्चारकर्मी नूरआलम बादशाहले जानकारी दिए ।

