Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरमा जसपाका उम्मेदवार विरुद्ध एमालेको उजुरी

कार्यपालिका सदस्यमा जसपाबाट उम्मेदवारी दिएका खैरुद्धिन हवारी धोबी

क्रान्ति शाह
वीरगन्ज,१८जेठः
वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका खैरुद्धिन हवारी धोबी विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
कार्यपालिका सदस्यमै नेकपा एमालेबाट उम्मेदवारी दिएका अजय कुमार गुप्ताले जसपाका उम्मेदवार धोबी विरुद्ध उजुरी दिएका हुन् ।
कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा उम्मेदवारी दिएका धोबी , अल्पसंख्यक कोटा भित्र नपर्ने भएकाले उनको उम्मेदवारी खारेजको माग गर्दै गुप्ताले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीकर्ता गुप्ताले भने ,‘ मुस्लिम जाति अल्पसंख्यक वा दलित कोटा भित्र पर्दैन , त्यसैले धोेबीको उम्मेदवारी खारेजीको माग गर्दै मैले निर्वाचन कार्यालयमा उजुरी दिएको हु ।
प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले पनि एक जना उम्मेदवार विरुद्ध उजुरी परेको जानकारी दिदै यस बारेमा कानुन बमोजिम निर्णय हुने बताए ।
वीरगन्ज महानगरपालिकाको ८ जना कार्यपालिका सदस्य चुन्नका लागि मङगलबार मनोनयन दर्ता गरिएको हो । ५ महिला सदस्य पदका लागि १० जनाको र ३ दलित वा अल्पसंख्यक पदका लागि ६ जनाको गरि कुल १६ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
कार्यपालिका सदस्य चयनका लागि मतदान भने जेठ २० गते शुक्रबार हुनेछ । शुक्रबार हुने मतदानमा नवनिर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र सदस्य गरि १६२ जनाले मतदान गर्नेछन् ।

Related posts

प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी

MadhesKhabar

आयो सर्वोच्चको फैसलाको पूर्णपाठ : वीरगन्जको मेनरोड विस्तार गर्न अब कानुनी रुपमापनि बाटो खुल्यो

MadhesKhabar

वीरगन्जमा प्रदेश सरकारले अधिकांश काम अलपत्र छाडेकाे मेयर सिंहकाे गुनासाे

MadhesKhabar

Leave a Comment