Madhes Khabar
समाचार

भारत तस्करी गर्न लागिएको गाई र गोरुसहित ३ जना पक्राउ

वीरगन्ज,४असोजःभारततर्फ तस्करी गर्न लागिएको गाई र गोरुसहित ३ जनालाई रौतहटबाट प्रहरीले नियन्त्रणमा लिएको छ पक्राउ पर्नेहरुमा रौतहटको यमुनामाई गाँउपालिका वडा नम्बर ३ का ४५ वर्षिय महम्मद गुफरान, ३५ वर्षिय ओहिद अन्सारी र २२ वर्षिय महम्द सम्साद रहेका छन् ।

प्रहरीका अनुसार, बिहीबार दिउँसो रौतहटको ईशनाथ ननगरपालिका वडा नम्बर १ लालबकैयाको बाँधबाट प्रहरीले ४ वटा गाई , २ वटा गोरी र ३ वटा बाच्छा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जना गाई र गोरी हिडाएर भारत लैजाने कामदारहरु रहेको र गाई–गोरु तस्करी गर्ने तस्करहरु भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नियन्त्रणमा लिइएका गाई,गोरु र बाच्छासहित तीनै जनालाई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

 

Related posts

धानको भुसभित्र गाँजा लुकाएर तस्करी गर्ने चार जना बारामा पक्राउ

MadhesKhabar

कारमा अफिम तस्करी गर्ने पर्साका ३ जना बारामा पक्राउ

MadhesKhabar

सिमरामा जगदम्बा स्टिलका एक मजदुरकाे मृत्यु

MadhesKhabar

Leave a Comment