Madhes Khabar
स्थानिय

चुरे दिवसको अवसरमा वीरगन्जमा ५०० विरुवा रोपियो

वीरगन्ज,२असारःचुरे दिवसको अवसरमा वीरगन्जमा झण्डै ५ सय वटा विरुवा रोपिएको छ ।वीरगन्ज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति भरतपुर चितवन र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सयुंक्त आयोजनामा विभिन्न प्रजातिका ४ सय ८० वटा विरुवा रोेपिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित मुख्य सडकको डिभाईडरसम्म विभिन्न प्रजातीका विरुवा रोपिएको ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । वृक्षारोपण कार्यक्रमको शुभारम्भ वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराई, चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुरका प्रमुख श्यामबाबु लोप्चन लगायतकोपनि सहभागीता थियो ।

Related posts

तपाईको टोलमा पानीको समस्या छ भने १८१०५०००२१७ मा फोन गर्नुस् ,टोलमै आइपुग्छ टंयाकर

MadhesKhabar

भारतीय आर्केष्टाबाट उद्धार गरिएका ९ जना चेलीलाइ नेपाल फिर्ता ल्याइयो

MadhesKhabar

बाराकाे चुरियामाईमा बस दुर्घटना हुदाँ ७ जनाकाे मृत्यु ,१९ जना घाइते

MadhesKhabar

Leave a Comment