Madhes Khabar
स्थानिय हेडलाइन

तपाईको टोलमा पानीको समस्या छ भने १८१०५०००२१७ मा फोन गर्नुस् ,टोलमै आइपुग्छ टंयाकर

वीरगन्ज,१साउनः के तपाईको टोलमा खानेपानीको समस्या छ ? कुनै निकाय वा संस्थाबाट पानीको आपुर्तिको व्यवस्था मलिाइएको छैन ? यदि त्यस्तो छ भने अब पीर मान्नु पर्दैन । सिधै टोल फ्रि हटलाइन नम्बर १८१०५०००२१७ मा फोन गर्नुस् तपाईको टोलमा पानी बाँड्न टंयाकर लिएर वारुणयन्त्र (दमकल) आइपुग्छ ।

किनकि जिल्ला विपद व्यवस्थापन समिति पर्साको निर्णय अनुसार जिल्ला प्रशासन कार्याल पर्साले पानीको समस्या भएका वडा र टोलहरुमा बिहीबारदेखि वारुण यन्त्र(दमकल) मार्फत पानी वितरणको व्यवस्था मिलाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार एक सुचना सार्वजनिक गर्दै पानीको समस्या भएका पर्साका वडा वा टोलमा मधेस प्रदेश सरकारले पठाएका वारुणयन्त्र (दमकल) का ट्यांकरहरुबाट हरेकदिन बिहान ५ देखि राति १० बजेसम्म खानेपानी वितरण गर्न सुरु गरिएको जनाएको छ ।

पानीको समस्या भएका टोलका स्थानीयले जिल्ला विपद व्यवस्थापन समितिको टोल फ्रि हटलाइन नम्बर १८१०५०००२१७  मा फोन गरेर जानकारी गराए लगत्तै पानी लिएर ट्यांकरसहितको वारुणयन्त्र सम्बन्धित वडा टोलमा पुगि हाल्ने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

यस विषयमा थप जानकारी वा कुनै गुनासो भएमा पर्साका प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५५०७७७७७ मा समेत फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

 

Related posts

पर्साको ग्रामीण भेगबाट विद्युत चोरेर प्रयोग गर्ने १२ जना पक्राउ

MadhesKhabar

वीरगन्ज नाकाबाट १० महिनामा ८८ करोडको छुर्पी युरोप र अमेरिकामा निर्यात

MadhesKhabar

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

Leave a Comment