Madhes Khabar
स्वास्थ्य

भरतपुर क्यान्सर अस्पतालमा जनशक्ति र उपकरण थप्ने स्वास्थ्यमन्त्री यादवको प्रतिबद्धता

काठमाडौं,३२जेष्ठःसंघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवश्यक जनशक्ति थप्नुका साथै उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार अस्पतालको अनुगमन गरेपछि अस्पताल सञ्चालक समितिका पदाधिकारी र स्वासथ्यकर्मीसंग छलफल गरेका मन्त्री यादवले उक्त पप्रतिबद्धता जनाएका हुन् । उनले क्यान्सर अस्पतालबाटट भइरहेको सेवा प्रवाहलाई अझ चुस्त बनाउन निर्देशनपनि दिए ।जनशक्ति र उपकरण अभावको समस्या मन्त्रालयले सम्बोधन गर्ने भन्दै मन्त्री यादवले बिरामीको उपचारमा कुनै लापरवाही नगर्न चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई निर्देशनपनि दिए ।

त्यसअघि मन्त्री यादवले अस्पतालमा उपचार गराइरहेका बिरामी र सेवाग्राहीहरुलाई अस्पतालका विभिन्न वार्डमै पुगेर उनिहरुको गुनासा सुनेका थिए ।अनुगमनै क्रममा अस्पतालको फार्मेसीमापनि पर्याप्त औषधि उपलब्ध नरहेको अवस्था रहेको भन्दै यादवले त्यसकालागिपनि अस्पताल सञ्चालक समितिका पदाधिकारी र चिकित्सकलाई निर्देशन दिए ।
नेपालकाासाथै छिमेकी मुलुक भारतबाट समेत बिरामीहरु उपचारका लागि आउने भरतपुर क्यान्सर अस्पताललाई पूर्ण रूपले सबल बनाउनका लागि आँफु र मन्त्रालयले कुनैपनि कसर बाँकी नराख्ने मन्त्री यादवले अनुगमनका क्रममा बताए ।

Related posts

वीरगन्जमा अझैपनि हैजाको जोखिम कायमै, खोप कार्यक्रम चलाइने

MadhesKhabar

सिएमए संघ पर्साकाे नयाँ कार्यसमिति चयन

MadhesKhabar

बयोधा अस्पतालको कार्यक्रममा ८६ जनाद्धारा रगत दान

MadhesKhabar

Leave a Comment