
मधेसखबर
वीरगन्ज, ३१जेठ :विश्व रक्तदाता दिवसको अवसरमा वीरगन्जमा रहेको नारायणी वयोधा हस्पिटलले मङगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगन्जको गण्डक स्थित अस्पताल परिसरमै आयोजित रक्तदान कार्यक्रममा १४ महिला सहित ८६ जनाले रगत दान गरेका छन् । रगतदान गर्नेहरुमा देवीमाया पौडेल , विक्की कुशवाहा , कविता चौधरी, रोजी नेपाली, रोशनी पराजुली, लक्ष्मण थारु, कामोद मेहता, संतोष पटेल, सुनिल चौधरी, अभिषेक कुशवाहा, रवि कर्ण, अमित कुमार पटेल, सदाम हुसेन, अन्जु पाख्रिन, विष्णु राम, मनोज कुमार पटेल, रंजित सिंह राजपुत लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक धिरेन्द्र झाले जानकारी दिए ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैध लागयतको पनि उपस्थिती रहेको अस्पतालका प्रशासन शाखा प्रमुख विष्णु पटेलले जानकारी दिए ।

