Madhes Khabar
राजनीति

जसपा नेपाल विभाजनको मुद्दा पूर्ण इजलासमा पठाउने सर्वोच्च अदालतको आदेश

काठमाडौं,२७जेष्ठःसर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजन सम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अन्तरिम आदेश माग गर्दै दर्ता गराएको रिट पूर्ण इजलासमा पठाउन आदेश गरेको हो ।

शुक्रबार र आइतबार दुई दिन बहसपश्चात संयुक्त इजलासले विगतको यथास्थितिमा राख्ने निर्णयलाई यथावत राख्दै सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाउने आदेश गरेको सर्वोच्च अदालतको प्रशासनले जनाएको हो । कानुन विपरीत जसपाले दलको मान्यता पाएको भन्दै जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गरेको थियो।

जसपा नेपालबाट वरिष्ठ नेता अशोक राईले ७ सांसद लिएर विद्रोह गर्दै जनता समाजवादी पार्टी गठन गरेका थिए। जसपा नेपालबाट अलग्गिएर जसपा गठन गरेपछि राई पक्षलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।साभारः अन्नपूर्णपोष्टबाट

Related posts

पर्सामा जसपा–एमाले गठबन्धन जिताउन संयुक्त महिला परिचालन समिति गठन

MadhesKhabar

पूर्व मेयर सरावगी एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा मनोनित

MadhesKhabar

पूर्व प्रहरी निरीक्षक कुशवाहा जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment