Madhes Khabar
राजनीति हेडलाइन

प्रदीप यादव खानेपानी मन्त्री बन्दै

काठमाडौं,३१असार:जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।

महासचिव इस्तियाक राईका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिने सहमति भएको छ । त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ ।पर्सा क्षेत्र नम्बर १ का सांसद यादव प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।

२३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।त्यसअघि २०७९ मा उनी वन तथा वातावरण मन्त्री बनेका थिए।

नवल किशोर साह भने ओेली सरकारमा महिला तथा बालबालिका विकास मन्त्री बन्दैछन् ।उनी प्रचण्ड नेतृत्वको सरकारमा झण्डै चार महिना वन तथा वातावरण मन्त्री थिए ।

Related posts

डेट एक्सपायर ‘बडवाइजर’ बियर वीरगन्जको बजारमा छ्याप–छ्याप्ती

MadhesKhabar

वीरगञ्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला आज पनि जारी

MadhesKhabar

कांग्रेस,एमाले छाड्दै जसपामा प्रवेश गरेकाहरुलाई वीरगन्जका मेयर सिंहले गरे पार्टीमा स्वागत

MadhesKhabar

Leave a Comment