Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

सांकेतिक तस्बिर।

काठमाडौं,२७जेष्ठः नेपाली बजारमा सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आज(आइतबार) प्रतितोला १ लाख ४१ हजार निर्धारण गरिएको छ। शुक्रबार छापावाला सुन तोलामा १ लाख ४५ हजार रुपैयाँको भाउमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर एक तोलाको १ हजार८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतिोला १ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।

Related posts

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

MadhesKhabar

फेरि बढ्यो सुनको मूल्य

MadhesKhabar

वीरगन्जमा दुइ करोडको सामान सहित तीन वटा ट्रक पक्राउ

MadhesKhabar

Leave a Comment