Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

सांकेतिक तस्बिर।

काठमाडौं,२७जेष्ठः नेपाली बजारमा सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आज(आइतबार) प्रतितोला १ लाख ४१ हजार निर्धारण गरिएको छ। शुक्रबार छापावाला सुन तोलामा १ लाख ४५ हजार रुपैयाँको भाउमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर एक तोलाको १ हजार८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतिोला १ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।

Related posts

सुनको भाउले नाघ्यो २ लाख ७० हजार

MadhesKhabar

राजश्व संकलनमा कमी र अनुदान कटाैतीले घट्याे वीरगन्ज महानगरकाे बजेट

MadhesKhabar

९ महिनामा नेपालमा २५ अर्ब बराबरको १६ लाख स्मार्ट मोबाइल फोन आयात

MadhesKhabar

Leave a Comment