Madhes Khabar
अर्थतन्‍त्र

एकैदिन तोलामा २ हजार ३०० रूपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं,२८बैशाख:साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

हिजाे बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार तीन सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ।हिजाे प्रतितोला १ हजार ६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ७ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढी हाे।

Related posts

डिजेल र पेट्रोलको मुल्य घट्यो

MadhesKhabar

वीरगन्जमा इभी गाडीकाे बिक्रेता शशीला माेटर्सकाे शाे रुम सञ्चालन

MadhesKhabar

भारतबाट इन्धनको नयाँ मूल्यसूची आयो, पेट्रोलमा ८ रुपैया बृद्धि

MadhesKhabar

Leave a Comment