Madhes Khabar
अर्थतन्‍त्र

डिजेल र पेट्रोलको मुल्य घट्यो

मधेसखबर

वीरगन्ज,१९जेठ: नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो ।

Related posts

प्राधिकरणले भारतलाई २ महिनामै बेच्यो ५ अर्ब ४३ करोडको बिजुली

MadhesKhabar

भारतीय सीमानाकामा आउजाउ सहज बनाउन वीरगन्जका उद्योगी व्यवसायीको माग

MadhesKhabar

वीरगन्जमा नयाँ औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन गरिदै

MadhesKhabar

Leave a Comment