Madhes Khabar
राजनीति

बझाङ-१ मा एमालेलाई पछि पार्दै कांग्रेसले लियाे अग्रता

काठमाडौं,१७बैशाख:बझाङको प्रदेशसभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ। शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।

सोमबार बिहान ६ बजेसम्मको मतगणनामा सिंह २६४ मतान्तरले अगाडि देखिएका छन्। उनले ७ हजार ४९२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन्। तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार किशोर खड्काले १८२ मत पाएका छन्।

Related posts

जसपाले मन्त्री फेर्न लागेको भन्ने हल्लामा सत्यता छैन : खानेपानीमन्त्री यादव

MadhesKhabar

माघ ५ गते वीरगन्जमा `बलिदानी दिवस´ मनाउने जसपाकाे निर्णय

MadhesKhabar

आन्दोलनका उपलब्धि जोगाउन जनमत पार्टीलाई जिताउनुपर्ने — उम्मेदवार ओमप्रकाश सरार्फ

MadhesKhabar

Leave a Comment