Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

आज रामनवमी : वीरगन्जकाे श्रीरामजानकी मन्दिरमा भब्य रुपमा मनाइदैं श्रीराम जन्माेत्सव (फाेटाे फिचर)

वीरगन्ज,५बैशाख:आज बुधबार चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन। राम जयन्तीका नामले पनि परिचित रामनवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ।

देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन्।

आज रामनवमीका दिन स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ। रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ।

धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो। राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ।

यसैबिच वीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमापनि आज भब्य रुपमा राम जन्माेत्सव मनाइदैं छ।

यस अवसरमा आज बिहान रामजानकी मन्दिर प्रांगणबाट झाँकी र बाजागाजासहितकाे शाेभा यात्रा निकालिएको छ ।यस्तै बिहान ११ बजेदेखि मन्दिर परिसरमै भजनकिर्तन गरिने,दिउँसो १२ बजेदेखि श्रीराम उत्सवकाे प्रसाद वितरण गरिनेछ।

यस्तै साँझ ४ बजेदेखि मन्दिर परिसरमा रामयण झाँकी प्रदर्शन गरिने,साँझ ६.३० बजे दीप प्रज्वलन तथा महाआरती र बेलुकी ७ बजेदेखि प्रसाद वितरण गर्ने कार्यक्रम रहेकाे सह आयाेजक घडिअर्वा स्पाेर्टस् क्लबका अध्यक्ष सन्ताेष साह कानुले जानकारी दिए।

वीरगन्ज महानथरपालिकाले ३० बर्षपछि अतिक्रमण मुक्त गरी साैनणदर्यकरण गरेकाे घडिअर्वाकाे श्रीरामजानकी मन्दिरमा भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटनकै दिन गत माघ ८ गते भगवान श्रीराम, माता सीता र हनुमानकाे मूर्तीकाे प्राण प्रतिष्ठा गरिएको थियाे ।

Related posts

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया

MadhesKhabar

राजनीतिबाट सन्यास लिँदैछु : सांसद विमल श्रीवास्तव

MadhesKhabar

वीगन्ज महानगरको अग्रसरतामा थप सिसिटिभी क्यामेरा जडान गरिदैं

MadhesKhabar

Leave a Comment