Madhes Khabar
मधेस प्रदेश

कन्चटमा गाेली लागेका मनि ट्रान्सफर सञ्चालक साहकाे अवस्था चिन्ताजनक

राैतहट,२चैत:रौतहटकाे रामपुरखापमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफर भित्रै पसेर हतियारधारी समुहले साहमाथि शुक्रबार दिउँसाे १ बजे गोली हानेका हुन् ।

रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार कन्चटमागाेली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगन्ज पठाइएकाे छ ।श्रेष्ठले भने ‘साहकाे अवस्था चिन्ताजनक छ । कन्चटमा गाेली लागेकाे छ ।’

प्रहरीले उक्त घटनामा संलग्न तीन जना भारतीयलाई नियन्त्रणमा लिएकाे छ ।भारतकाे माेतिहारीका मनिषकुमार यादव, राजनकुमार पासवान र चन्द्रभान सिंहलाई एक थान कटुवा पेस्ताेल सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

महाेत्तरीमा सात वर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा विद्यालय सञ्चालक पक्राउ

MadhesKhabar

प्रहरी समायोजन ऐन जारी गर्न मधेसका मुख्यमन्त्री सिंहको आग्रह

MadhesKhabar

रौतहटको बिनटोलमा आगलागी हुदाँ पाँच वटा घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment