Madhes Khabar
मधेस प्रदेश

महाेत्तरीमा सात वर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा विद्यालय सञ्चालक पक्राउ

सांकेतिक फोटो

महाेत्तरी,९मंसिर: सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको गौशाला नगरपालिका–११ बटुवा टोलका ३३ वर्षीय जुगल किशोर साहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपित सनह गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमी विद्यालयका सञ्चालक हुन्। साहविरुद्ध पीडित पक्षले मंसिर ८ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।

पीडित बालिकालाई मंसिर ७ गते ४० रुपैयाँ दिएर ललाइफकाइ गरी टिफिनको समयमा आरोपित साहले बलात्कार गरेको पीडित बालिकाको भनाइ छ ।

विद्यालयबाट घर फर्के पछि पीडितको अवस्था सामान्य नरहेको कारण प्रहरीले पीडित पक्षबाट घटनाबारे सूचना पाए लगतै आरोपित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताए ।

साहविरुद्ध महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको गिरीले जानकारी दिए । पीडित बालिकनको स्वास्थ्य परीक्षण मंसिर ८ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको थियो ।

Related posts

वीरगन्जमा ट्रायलमा फेल भएकाहरुलाई जनकपुरबाट पास गराएर बाँडियो लाइसेन्स

MadhesKhabar

मधेस सरकारमा कांग्रेसका मन्त्रीहरुले आज शपथ लिदैं ,पर्साका क्षेत्रीले पाए कृषि मन्त्री

MadhesKhabar

मन्त्री कलवार बधाइ तथा सम्मान थाप्नमा व्यस्त

MadhesKhabar

Leave a Comment