रौतहट,२०बैशाखःरौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ बिनटोलमा बिहीबार दिउँसो आगलागी हुदाँ पाँच वटा घर जलेर नष्ट भएका छन्।
दिउँसो साढे १ बजेतिर स्थानीय मोहिचन्द मुखियाको फुसको घरमा आगो सल्किएर आगलागी भएको र उक्त आगो रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया र हृदय नारायण मुखियाको घरमापनि सल्किएको थियो ।
आगलागीबाट घरसंगै गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै आगलागीमा घरमा रहेका अन्नपात, लत्ताकपडा, गरगहना, नगद सहितका सामान जल्दा करिब ७ लाख ५० हजार ५ सय रुपैयाँको क्षति भएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंले जानकारी दिए ।
बिनटोलमा लागेको गौर नगरपालिकाबाट गएको वारुण यन्त्रको मदतमा स्थानीय ,नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलेर निभाएको थापाले बताए ।

