Madhes Khabar
मधेस प्रदेश

नक्कली नोट बनाउने मेशिनसहित ८ जना सर्लाहीमा पक्राउ

सर्लाही,१७भदाैं:सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग गरिने मेशिनसहित ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडाैंकाे चन्द्रागिरी नगरपालिका–१५ घर भएका सौगात थापा मगर, काठमाडाैंकाे कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने विजय लामा, ललितपुरको कुपन्डोल बस्ने सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका बस्ने अमिर खत्री रहेका छन् । यस्तै सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँ बस्ने जनार्दन सिंह, रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने विशाल राई, भारतकाे सीतामढीका राजिव ठाकुर र भारतकै मेजरगन्ज बस्ने सुबाेध कुमार प्रकाउ परेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

यसअघि पनि प्रहरीले सर्लाहीका विभिन्न ठाउँबाट नक्कली नोट बनाउनेहरूलाई पक्राउ गरेको थियो ।

Related posts

रक्सीले मातेका प्रहरीले सडकमै ताण्डव देखाउदै सवारी चेक गर्न थालेपछि

MadhesKhabar

पैसा बाडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

MadhesKhabar

सर्लाहीमा मोटरसाइकल ट्रकमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment