Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा मोटरसाइकल ट्रकमा ठोक्किदा एक युवकको मृत्यु

सांकेतिक फोटो

वीरगन्ज,३०पुस : सर्लाहीमा शुक्रबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ ।बागमती नगरपालिका वडा नम्बर २ स्थित सडकमा बिग्रिएर रोकिराखेको ना ५ ख ७५६४ नम्बरको उखु लोड गरेको ट्रकमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीकै गोडैता नगरपालिका–४ का ३२ वर्षिय विश्वजित हजारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ट्रकका चालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ

Related posts

सर्लाहीमा स्कूटर दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा गम्भीर घाइते

MadhesKhabar

दिपावलीका लागि अहिलेदेखि नै मधेसका नाकाबाट पटकाको तस्करी सुरु

MadhesKhabar

अख्तियारमा मधेसका स्थानीय तहविरुद्व १८ सय उजुरी

MadhesKhabar

Leave a Comment