Madhes Khabar
मधेस प्रदेश

धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुदा ५ को मृत्यु, ९ घाइते

मधेसखबर
वीरगन्ज ,१७ मंसिर : धनुषा जिल्लामा शनिबार बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते पनि भएका छन् ।

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको विरेन्द्रबजारमा शनिबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ च १४९६ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आँउदै गरेको बा १ ज ८३९३ नम्बरको विंगरलाई ठक्कर दिदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विंगर चालक धनुषाको धनौजी गाउँपालिक–४ का अब्दुल मन्सुरी, धनुषाको मुखियापट्टी मुसहरनिया–४ तुल्सीयाहीकी २९ वर्षीया रुवी साह, महोत्तरीको रामगोपालपुर नगरपालिका–७ की १७ वर्षीया मन्जुकुमारी साह र १३ वर्षीया उनकी बहिनी सृजना साह रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार मृतक मध्येका एक जनाको सनाखत हुन बाँकी छ ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा गाडी दुर्घटनामा परेको हो ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

इँट्टाभट्ठामा जिउँदै मान्छे जलाएर हत्या गरेका आफताब आलमले अदालतबाट पाए सफाइ

MadhesKhabar

प्रहरी समायोजन ऐन जारी गर्न मधेसका मुख्यमन्त्री सिंहको आग्रह

MadhesKhabar

वीरगन्जमा गठबन्धनका उम्मेदवारलाइ जिताउन जसपा महिला नेतृहरु सकृय

MadhesKhabar

Leave a Comment