Madhes Khabar
मधेस प्रदेश

धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुदा ५ को मृत्यु, ९ घाइते

मधेसखबर
वीरगन्ज ,१७ मंसिर : धनुषा जिल्लामा शनिबार बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते पनि भएका छन् ।

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको विरेन्द्रबजारमा शनिबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ च १४९६ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आँउदै गरेको बा १ ज ८३९३ नम्बरको विंगरलाई ठक्कर दिदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विंगर चालक धनुषाको धनौजी गाउँपालिक–४ का अब्दुल मन्सुरी, धनुषाको मुखियापट्टी मुसहरनिया–४ तुल्सीयाहीकी २९ वर्षीया रुवी साह, महोत्तरीको रामगोपालपुर नगरपालिका–७ की १७ वर्षीया मन्जुकुमारी साह र १३ वर्षीया उनकी बहिनी सृजना साह रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार मृतक मध्येका एक जनाको सनाखत हुन बाँकी छ ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा गाडी दुर्घटनामा परेको हो ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

सखुवा प्रसौनीको कार्यपालिका निर्वाचनमा एमालेको क्लीन स्वीप

MadhesKhabar

मधेस प्रदेश सबैभन्दा गरिब प्रदेश : कार्यवाहक मुख्यमन्त्री यादव

MadhesKhabar

Leave a Comment