Madhes Khabar
मधेस प्रदेश

माेस्टवान्टेड दुई भारतीयलाई सर्लाहीमा प्रहरीले गाेली हानेर समात्याे

जनकपुरधाम,६चैत:मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारतकाे बिहार सीतामढी सैयाराग्रामका २८ बर्षिय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अमेरिकन पेस्ताेल १ थान र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न साेमबार राति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार जितेन्द्रलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए । गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले मंगलबार पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने भन्दै अहिले नै यो विषयमा केही भन्न नसकिने बताए ।

प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् ।साभार:अनलाइनखबरबाट

Related posts

पर्सा ३ : काँग्रेसका चौधरीलाई १५१ मतले हराउदै एमालेका गुप्ता विजयी

MadhesKhabar

महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख सहयाेग

MadhesKhabar

बारामा राष्ट्रिय परिचयपत्र र पासपोर्टका लागि पालिकाबाटै अनलाईन फाराम भर्ने व्यवस्था

MadhesKhabar

Leave a Comment