Madhes Khabar
मधेस प्रदेश

पोखरीयाका निवर्तमान मेयर मन्टु भन्छन् – काँग्रेस माथि नै जनताको भरोसा छ

मधेसखबर
वीरगन्ज , १९ बैशाख
:पर्साको पोखरीया नगरपालिकामा नेपाली काँग्रेसले चुनावी घरदैलो र मतदाता भेटघाट कार्यक्रमलाइ अझ सकृयताका साथ अगाडि बढाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पोखरीयामा काँग्रेसका उम्मेदवार र नेताहरुले मतदातासंगको भेटघाटलाइ तिब्र बनाएका हुन् ।
सोमबार काँग्रेसका मेयर उम्मेदवार दिपनारायण रौनीयार (मन्टु) , उपमेयर रेहाना खातुन सहितका उम्मेदवारले पोखरीया नगरपालिका वडा नम्बर ७ मा चुनावी घरदैलो गरेका छन् ।
काँग्रेस उम्मेदवार नेताहरुले सोमबार वडा नम्बर ७ को रानीगन्ज रहरीया गाँउमा हरेक मतदाताको घरमा पुगेर उनिहरुको समस्या र गुनासो सुन्नुका साथै काँग्रेसको लागि मत पनि मागेको रौनियारले बताए ।
उनले भने ,‘ पोखरीयामा पनि जनताको भरोसा काँग्रेस प्रति नै देखिएको छ , जनताको भरोसालाइ हामी टुट्न दिदैनौ ।
विगतमा आफनो नेतृत्वले उपलब्ध साधन श्रोतको भरपुर सदुपयोग गरेर पोखरीया नगरपालिकाको विकासका काम गरेको कुरा जनतालाइ बुझाएको पनि रौनीयारले बताए ।
सोमबारको घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार रौनीयार, उपमेयरकी उम्मेदवार रेहाना खातुन , काँग्रेस क्षेत्रीय सभापति श्रीकिसुन चौहान , पुर्व गाविस अध्यक्षद्वय माधव राउत कुर्मी र रामबच्चन कम्कडका साथै काँग्रेस नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Related posts

जसपा अध्यक्ष उपेन्द्र यादवले मागे मुख्यमन्त्री लालबाबु राउतको राजिनामा

MadhesKhabar

विद्यालय जाँदैनन् मधेसका ३ लाखभन्दा बढी बालबालिका

MadhesKhabar

मधेसका शहीद परिवारलाई सरकारले मासिक १२ हजार रुपैया दिने

MadhesKhabar

Leave a Comment