Madhes Khabar
मधेस प्रदेश

लाेसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश

मधेसखबर
वीरगन्ज ,०८ असाेज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

धनुषाको तिनकोरियामा शनिबार एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा प्रवेश गराउदै स्वागत गरे ।

२०७४ काे निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए ‌। पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।

१४ हजार बढी मतान्तरले निर्वाचन जितेका अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् ।

Related posts

वीरगन्जमा गठबन्धनको असर – मेयरमा २६ र उपमेयरमा ५३ प्रतिशत मत बदर

MadhesKhabar

मधेस प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवक घाइते

MadhesKhabar

पर्सा , बारासहित मधेसका आठवटै जिल्लामा बाढीको उच्च जोखिम

MadhesKhabar

Leave a Comment