Madhes Khabar
मधेस प्रदेश

लाेसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश

मधेसखबर
वीरगन्ज ,०८ असाेज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

धनुषाको तिनकोरियामा शनिबार एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा प्रवेश गराउदै स्वागत गरे ।

२०७४ काे निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए ‌। पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।

१४ हजार बढी मतान्तरले निर्वाचन जितेका अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् ।

Related posts

सर्लाहीको बसबरीयामा भीषण आगलागी, ६ घर जलेर नष्ट

MadhesKhabar

प्रहरी समायोजन ऐन जारी गर्न मधेसका मुख्यमन्त्री सिंहको आग्रह

MadhesKhabar

झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment