Madhes Khabar
मधेस प्रदेश

प्रहरी समायोजन ऐन जारी गर्न मधेसका मुख्यमन्त्री सिंहको आग्रह

जनकपुरधाम,३०असाेज:मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बताएका छन् ।

६९औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी समायोजन ऐन जारी नहुँदा प्रदेश सरकार समस्यामा रहेको बताए ।

उनले भने ‘मधेस प्रदेशमा करिब ६२ लाख जनसंख्या रहेको छ । यहाँको सुरक्षामा प्रहरीले गरेको भूमिका महत्वपूर्ण रहेको छ तर हामीसँग ऐन छैन, जसका कारण नीतिगत रुपमा काम गर्न सकेका छैनौँ ।’

प्रदेशमा लागुऔषधको ओसारपसार, मानव तस्करी, राजस्व चुहावट तथा चोरी, डकैती, साइवर अपराध रोक्न प्रदेश सरकारका लागि ठूलो चुनौतीका रुपमा रहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि प्रहरी संठनले कडा रुपमा लाग्नुपर्ने मुख्यमन्त्री सिंहले बताए ।

उनले प्रहरी समायोजनसम्बन्धी ऐन नआए पनि प्रदेश सरकार तथा स्थानीय निकायले नेपाल प्रहरी संठनलाई सक्दो सहयोग गरेकोसमेत बताए ।

Related posts

सप्तरीबाट पशुपक्षी अनुसन्धान केन्द्र बारामा सार्न लागिएको भन्दै सिके राउतको विरोध

MadhesKhabar

रौतहट: विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापकसहित तीन जना विरुद्ध मुद्दा

MadhesKhabar

वीरगन्ज १० मा केन्द्र र जिल्लाका नेताहरुको सहभागीतामा काँग्रेसको शक्ति प्रर्दशन

MadhesKhabar

Leave a Comment