Madhes Khabar
स्वास्थ्य

बाराको बहुअरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १७२ जनाले लिए लाभ

वीरगन्ज,१३माघः बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीमा शनिबार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट १७२ जनाले लाभ लिएका छन् । डाक्टर्स क्लबको सहयोगमा द लिटील लाईट र वीरगन्ज सामुदायिक केन्द्रले आयोजना गरेको निशुल्क आँखा तथा दन्त शिविरमा १७२ जनाको चेकजाँच गरिएको हो ।

शिविरमा जेकजाँच गराएकाहरुलाई वीरगन्ज सामुदायिक केन्द्रको अर्थोडोन्टिक सेन्टरमा जाँदा चश्मा र दन्त उपचारमा २० प्रतिशतसम्म छुट दिने पनि सुविधा उपलब्ध गराइने वीरगन्ज सामुदायिक केन्द्रका चिकित्सक डाक्टर प्रभात चौरसैयाले बताएक । साथै परीक्षण गराएकहरुलाई शिनुल्क औषधी र हाईजिङ किट ब्याग वितरण गरिएको द लिटिल लाइटका कृष पटेलले बताए ।

नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहको प्रमुख आतिथ्यतामा भएको शिविरमा नेपाल तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता, युवा नेता दीपक कुमार साह लगायतकोपनि उपस्थिती थियो ।

Related posts

भारतीय दूतावासले बाराका सरकारी अस्पालमा दिएको ६ वटा डायलाइसिस मेसिन प्रयोगमा ल्याइएन

MadhesKhabar

वीरगन्ज महानगरमा पनि मेयर सिंह आँफैले खोप सेवन गरेर सुरु गरे `हैजाविरुद्धको खोप अभियान´

MadhesKhabar

वीरगन्जको नेशनल मेडिकल कलेजसंग प्याब्सन पर्साले पनि ग-याे सम्झौता

MadhesKhabar

Leave a Comment