Madhes Khabar
स्थानिय

पर्सकाे भेडाहा खाेलाबाट बालुवा तस्करी गर्ने ५ वटा ट्याक्टर पक्राउ

वीरगन्ज,१२वर्ष: खोलाबाट अवैध रुपले बालुवा उत्खनन गरी चोरी निकासी भइरहेको अवस्थामा पर्सा प्रहरीले ५ वटा ट्याकटर नियन्त्रणमा लिएको छ ।

पर्साको पर्सागढी नगरपालिका–३ स्थित भेडाहा खोलाबाट अवैध रूपले बालुवा उत्खनन भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीका अनुसार प्रहरीले बिहीबार बिहान ७ बजेको समयमा भेडाहा खोलाबाट बालुवा उत्खनन गरी ५ वटा ट्याक्टरमा लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६ र ना ७ त १२९६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी चौकी मिलन चोकमा राखिएको प्रहरी निरीक्षक केशरीले जानकारी दिए ।साभार:ईकान्तिपुरबाट

Related posts

ठाेरीमा बेवारिसे पुरुषकाे शव फेला

MadhesKhabar

पुर्वराजा ज्ञानेन्द्रले दिएकाे अभिव्यक्तिकाे स्वागतमा वीरगन्जमा दिप प्रज्वलन

MadhesKhabar

कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त ६ महिनापछि पक्राउ

MadhesKhabar

Leave a Comment