Madhes Khabar
स्थानिय

सिसिटिभी क्यामेरा ताेडफाेड गर्ने वडाध्यक्ष कलवारलाई कारबाही गर्न मेयर पाठककाे माग

वीरगन्ज,२४कार्तिक:पर्साकाे पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले नगरपालिकाकाे कार्यालयमा जडान गरिएकाे सिसिटिभी क्यामेरा ताेडफाेड गर्ने वडाध्यक्षलाई कारबाहीको माग गरेका छन्।

कात्तिक २२ गते नगर कार्यपालिकाको बैठक बस्नु अघि वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशाेर प्रसाद कलवारले सिसिटिभी क्यामरा तोडफोड गरेकाले कलवारलाई कारबाहीको माग गरेका हुन्।बिहीबार पत्रकार सम्मेलन गरेर उक्त घटनाप्रति खेद प्रकट गर्दै मेयर पाठकले नगरपालिकाकाे सभाहलका तीन थान सिसिटिभी क्यामेरा ताेडफाेड गर्ने वडाध्यक्ष कलवारलाई कानुन अनुसार कारबाही गर्न माग गरे।

मेयर पाठकले बुधबार बिहान ८ बजे बोलाइएको कार्यपालिकाकाे बैठक डेढ घण्टा ढिलो सञ्चालन भएको र नगरपालिकाको सभाहलमा रहेका तीन थान सिसिटिभी क्यामरा तोडफोड गरिएको कुरा कार्यपालिका सदस्यहरूबाट दिउँसो २ बजेमात्र थाहा पाएको उनले बताए ।

उनले वडाध्यक्ष कलवारले सिसिटिभी क्यामरा तोडफोड गरेको फुटेज रेकर्डबाट देखिएको दाबी गर्दै उनीमाथि मुलुकी अपराध संहिता अनुसार कारबाहीको लागि प्रहरी र प्रशासनमा लेखी पठाउने निर्णय भएको बताए।

पत्रकार सम्मेलनमा मेयर पाठकले सिसिटिभी क्यामरा तोडफोड गर्नुको उद्देश्य बैठकमा अमर्यादित गतिविधि गर्नु रहेको बताए । आरोपित कलवार स्वतन्त्रबाट वडाध्यक्षमा विजयी भएका हुन् ।

पत्रकार सम्मेलनमा उपमेयर पूजा चौधरी, वडाध्यक्षद्वय राजकपूर खवास र वीरेन्द्र महतो, कार्यपालिका सदस्यहरू सीतादेवी लामा, सविता गिरी, मोहनलाल महतो, दिलबहादुर भुजेल लगायत सहभागी थिए ।

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसकाे मतगणना अन्याेलमा,क्याम्पस प्रशासनले अनेरास्ववियुलाई जिताउन चलखेल गरेको आराेप

MadhesKhabar

जीतपुरबाट वीरगन्जका दुईसहित पाँच जना जुवाडे पक्राउ

MadhesKhabar

बहुदरमाई नगरपालिकामा ७ महिनादेखि चल्दै आएको विवाद दुवै मन्त्रीको पहलमा सल्टाइयो

MadhesKhabar

Leave a Comment