Madhes Khabar
स्थानिय

बाराकाे सिमरामा ट्रककाे ठक्करबाट एक मजदुरको मृत्युु

सांकेतिक फोटो

वीरगन्ज,२२कार्तिक:बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योग परिसर भित्र बुधबार एक ट्रकले त्यहि उद्योगमा कार्यरत एक मजदुरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका सिमरा बस्ने सर-सफाईकर्मी उज्ज्वल कार्की रहेको बारा प्रहरीले जनाएको छ।

कार्की उनका एक साथीसँगै ट्रक भन्दा केही पर आराम गरिरहेका थिए। अचानक प्रदेश ०२-०३-००१ ख ५९६ नम्बरको लहरी ट्रकले उनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

चालक दिपेश महतो र ट्रकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

Related posts

मिटरब्याजीलाई कारबाहीको निहुँमा पर्साको प्रहरी प्रशासनले ज्यादती गरेको आरोप

MadhesKhabar

बारामा परालकाे ओछ्यानमा सुतेर चुनाव गराउदै कर्मचारी

MadhesKhabar

पर्साका दास ब्राउन सुगरसहित बारामा पक्राउ

MadhesKhabar

Leave a Comment