Madhes Khabar
स्थानिय हेडलाइन

बारा: युवतीकाे चक्करमा पुर्व सशस्त्र प्रहरी जवान सिंहकाे हत्या भएकाे खुलासा

वीरगन्ज,१४असाेज: गाउँकै अन्य महिला तथा युवतीको निहुँमा बारामा एक पूर्व सशस्त्र प्रहरी जवानको हत्या भएको खुलेको छ। बाराको पचरौता नगरपालिका वडा नमङ १ पिपरपाती बस्ने पूर्वसशस्त्र प्रहरी जवान ३३ वर्षीय अमरेश सिंहको यहि असोज ८ गते बिहान टाउकाेमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव नेपाल–भारतसीमा नजिकै फेला परेको थियो।

अनुसन्धानका क्रममा गाउँकै अन्य परिवारका युवतीसँग अवैध यौन सम्बन्धको कारण सिंहको हत्या भएको खुलेको बारा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

हत्यामा संलग्न भएका तीन जनालाई घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पचरौता नगरपालिका–१ बस्ने श्यामलाल महतो, उनका छोरा लाल महतो र अवधेशकुमार महतो छन्। मृतक सिंह सशस्त्र प्रहरीमा केही समय काम गरेर जागिर छाडी गाउँमै रक्सी भट्टी सञ्चालन गर्दै आएका थिए।उनको भारत पनि आउजाउ हुने गरेको थियो।

मृतक सिंह युवतीको चक्करमा लाग्ने गरेको अनुसन्धानको क्रममा खुलेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

सिंहकाे हत्या गरेकाे आराेपमा पक्राउ परेका श्यामलालकाे परिवारकै चेलीबेटीसित पनि अवैध यौन सम्बन्ध भएको थाहा पाएर श्यामलालले आफ्ना छोराहरूसित मिलेर सिंहकाे घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेकाे काफ्लेले बताए।

परिवारको इज्जत जोगाउनका लागि नै हत्या भएको तथा फिल्मी शैलीमै योजना बनाएर सिंहको हत्या गरिएको तर शव मात्रै व्यवस्थापन गर्न अभियुक्तहरूले नसकेको काफ्लेले जानकारी दिए।

‘सिंहले रक्सी भट्टी सञ्चालन गर्दै आएका थिए, अन्य महिला र केटीको चक्करमा लाग्ने मानिस पनि हुन् भनेर अनुसन्धानमा देखियो,’ उनले भने, ‘पक्राउ परेकाहरूको चेलीबेटीसित अनैतिक यौन सम्बन्ध भएकाले सिंहको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।’

सिंहकाे हत्यामा भारत पूर्वी चम्पारण मोतीहारी ग्राम पञ्चायत झझरा बस्ने राहुल कानु र उनलाई साहयोग गर्ने पचरौता नगरपालिका–१ कै श्यामलाल महतोका भाइ जागरित महतोको पनि संलग्नता देखिएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

उनीहरू दुबै जना भने फरार रहेको तथा खोजी भइरहेको उनले बताए। प्रहरीले सिंहको हत्यामा प्रयोग गरिएको एक थान धारिलो हतियार दाब, एक थान चक्कु र एउटा मोबाइलसमेत बरामद गरेको छ।साभार:देशसञ्चारबाट

Related posts

घण्टाघरको सडक बनाउदा अख्तियारको अवरोध , मेयर सिंह भन्छन् : जनहितका लागि अख्तियार धाउन तयार छु

MadhesKhabar

३० वर्षपछि वीरगन्ज शहरको मुख्य नाला सफाई गर्दै महानगर

MadhesKhabar

यमपञ्चककाे दाेस्राे दिन आज काग तिहार मनाइँदै

MadhesKhabar

Leave a Comment