Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख १७ हजार

काठमाडौं,१२कार्तिक : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ। आज आइतबार १ हजार रुपैयाँले बढेर सुनको भाउ प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भइरहेको छ। तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो। आज सुनको मूल्य बढेसँगै चाँदीको भाउपनि बढेको छ। १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।गत शुक्रबार चाँदी १४ सय रुपैयाँमा कारोबार भएको थियो।

इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अंकले वृद्धि भएको बताइएको छ। विश्वव्यापीरूपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा परेको हो।

इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएपछि सुनको मूल्य वृद्धिमा चाप परेको जानकारहरु बताउँछन्।

 

Related posts

सुनचाँदी व्यवसायीहरुको चेतावनी : माग पूरा नगरे असार २ गतेदेखि थप आन्दोलन हुन्छ

MadhesKhabar

चुनावमा देशैभर इन्टरनेट सेवा बन्द हुने चेतावनी

MadhesKhabar

वीरगन्ज नाकाबाट नेपालमा उत्पादित मालसामानको निर्यात २ सय प्रतिशतले बढ्यो

MadhesKhabar

Leave a Comment