Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख १७ हजार

काठमाडौं,१२कार्तिक : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ। आज आइतबार १ हजार रुपैयाँले बढेर सुनको भाउ प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भइरहेको छ। तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो। आज सुनको मूल्य बढेसँगै चाँदीको भाउपनि बढेको छ। १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।गत शुक्रबार चाँदी १४ सय रुपैयाँमा कारोबार भएको थियो।

इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अंकले वृद्धि भएको बताइएको छ। विश्वव्यापीरूपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा परेको हो।

इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएपछि सुनको मूल्य वृद्धिमा चाप परेको जानकारहरु बताउँछन्।

 

Related posts

बारा–पर्साका उद्योगीहरु भन्छन् : बिजुलीको लाइन जोडिएन भने उद्योगहरु सधैंका लागि बन्द हुन्छन्

MadhesKhabar

कात्तिक महिनाका लागि पनि घटाए बैंकहरुले ब्याजदर, कुन बैंकले कति घटाए?

MadhesKhabar

यथास्थितिमा बजेट पास हुन नदिने जसपाकाे निर्णय

MadhesKhabar

Leave a Comment