Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ४२ हजार ७०० पुग्यो

फाइल तस्बिर ।

काठमाडौं,२२जेष्ठः नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज (मंगलबार) सुनको मूल्य २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

Related posts

सुनको भाउ निरन्तर ओरालो लाग्दै : आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

MadhesKhabar

उसिना चामलकाे निर्यातमा भारतले लगायो २० प्रतिशत कर

MadhesKhabar

बैंकहरुले भदौमा पनि घटाए ब्याजदर

MadhesKhabar

Leave a Comment