Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ निरन्तर ओरालो लाग्दै : आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडाैं,१६असाेज: सुनको भाउ आज मंगलबार पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो साेमबार पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अस्ति आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Related posts

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नाम मात्रको बजेट’

MadhesKhabar

माछाको तस्करी बढेपछि वीरगन्जका व्यपारी समस्यामा

MadhesKhabar

आर्थिक मन्दीको असरः वीरगन्ज भन्सारमा थन्किए १२०० सवारीसाधन

MadhesKhabar

Leave a Comment