काठमाडौं,८मंसिर:ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग गरिएको विद्युत खरिद सम्झौताबाट सरकारले १ अर्ब २० करोड रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको दाबी गरेका छन्।
सोमबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री घिसिङले सो सम्झौता गैरकानुनी ढंगले गरिएको तथा ४३ करोड रुपैयाँ गुमाइयो भन्ने आरोपहरू निराधार रहेको स्पष्ट पारे।
उनका अनुसार पिटिसीसँगको ८ रुपैयाँ १० पैसाको बाध्यात्मक दरमा विद्युत किन्नु पर्ने परिस्थितिबाट बच्
न सरकारले ६ रुपैयाँ ९५ पैसामा सम्झौता गरेको हो।
मन्त्री घिसिङले भने, ‘यदि त्यो पुरानै बाध्यात्मक दरमा किन्नु परेको भए नेपाल विद्युत प्राधिकरणले ८ रुपैयाँ १० पैसा तिर्नुपर्ने थियो। अहिले ६ रुपैयाँ ९५ पैसामा किन्दा प्रति युनिट १ रुपैयाँ १५ पैसा बचत भयो, जसबाट करिब १ अर्ब २० करोड फाइदा भएको छ।’

