Madhes Khabar
अर्थतन्‍त्र

कृषि विकास बैंक नाम जस्तै कृषकको बैंक हुनुपर्छ : अध्यक्ष अग्रवाल

वीरगन्ज,७माघःकृषि विकास बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सव वीरगन्जमापनि मनाइएको छ ।सोमबार बैंकको वीरगन्ज शाखा कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले कृषि बिकास बैंक साँच्चिकै नाम जस्तै कृषकहरुको बैंक भएको बताए।

उनले किसानलाई लक्षित गर्दै बैंकले ल्याउने योजना र अनुदानलाई अझै निरन्तरता दिएर कृषकमैत्री कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।अध्यक्ष अग्रवालले निजी क्षेत्रमा पनि अहिले लगानी गर्ने वातावरण भएको बताउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताए ।

कृषि विकास बैंक लिमिटेड वीरगन्ज शाखाका प्रबन्धक रामप्रसाद गजुरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, बरिष्ठ अधिवक्ता देवेन्द्र सिंह, नेपाल वित्तिय संस्था कर्मचारी संघ पर्साका अध्यक्ष संजय कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

Related posts

डिजल र मट्टीतेलकाे मुल्य ४ रुपैयाँले घट्याे

MadhesKhabar

वीरगन्जमा दसैंका लागि मात्र लगाइयाे सस्तो बजार

MadhesKhabar

सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको १ लाख ३३ हजार

MadhesKhabar

Leave a Comment