Madhes Khabar
अर्थतन्‍त्र रोचक दुनियाँ

देशभर जसको चर्चा छ लौरो चुनाव चिन्ह – ७३ लाख रुपैयाको लौरो विदेशबाट आयात

मधेसखबर
वीरगन्ज,०८जेठः
स्थानीय तहको निर्वाचनको मतपरिणाम आउँदै गर्दा अचेल देशर नै लौरोको निकै चर्चा छ ।काठमाण्डौ महानगरपालिकामा लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह मेयरमा फराकिलो मतले अग्रता लिइरहेका बेला देशविदशेमा उनको चर्चा चलिरहेको छ । धरानमा पनि लौरो चिन्ह पाएका मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ पनि अग्रता लिएर चर्चा बटुलिरहेका छन् । पर्सामा पनि एक वटा वडामा लौरो चिन्ह पाएका एक स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भइसकेका छन् ।
यसरी लौरो चुनाव चिन्हले सर्वत्र चर्चा पाइरहदा देश लौरोमा पनि परनिर्भर रहेको विषय थोरैलाई मात्र जानकारी छ । विगत दशकमा मुलुकमा लौरोको आयात ठूलो परिमाणमा भएको पाइएको छ ।
नेपालमा आयात हुने लौरोहरू चीन र भारतबाट बढी मात्रामा आउने गरेका छन् । यो तथ्यांकले नेपालमा लौरो उत्पादन गर्ने उद्योगको सम्भावना रहेको स्पष्ट हुन्छ । यसका लागि आवश्यक नीतिगत तथा प्रोत्साहनात्मक व्यवस्था हुन आवश्यक छ ।साभारःआर्थिक अभियान

Related posts

सूर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख गोरखा मिडियामा प्रवाह भएको देखियो : संयोजक थापा

MadhesKhabar

निजी क्षेत्रकाे सुझाव सरकारले नमान्दा आर्थिक मन्दीको अवस्था आएको उद्योगी-व्यवसायीकाे गुनासाे

MadhesKhabar

वीरगन्ज आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई उद्योगीहरुले भेटे

MadhesKhabar

Leave a Comment