वीरगन्ज,१७भदाैं:नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार)सुनको मूल्य बढेर ताेलाकाे २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार (हिजो) छापावाल सुन ताेलाकाे २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदी पनि ताेलाकाे १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको छ। सोमबार (हिजो) चाँदीको मूल्य प्रतितोला २ हजार ४७० रुपैयाँ पुगेको थियो।

