Madhes Khabar
राष्ट्रिय

६० किलाे सुन प्रकरण: भन्सार अधिकृत र दुई नासु पक्राउ

फाइल फाेटाे

काठमाडौं ,२३भदाैं: ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी छन्।

यस्तै दुई नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको डिआइजी कडायतले बताए। योसँगै पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाएको थियो। तर पछि विभागले सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको थियो।

त्यसयता प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गर्दै आएको छ। यसको अनुसन्धान गर्न प्रहरीसँग ६० दिनको समय हुन्छ। ६० दिनमा प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा अभियोजनका लागि प्रतिवेदन पेश गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।साभार:सेताेपाटीबाट

Related posts

जनमत पार्टीका मन्त्री भन्छन् : सरकारमा रहने वा नरहने भाेलि फाइनल हुन्छ

MadhesKhabar

मंसिरको चुनावमा चार वटा मतपत्र, उम्मेदवारको मात्र चुनाव चिह्न

MadhesKhabar

पर्साको छिपहरमाइको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

MadhesKhabar

Leave a Comment