Madhes Khabar
राष्ट्रिय

पर्साको छिपहरमाइको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

माधुरी महत्तो
वीरगन्ज,०६ जेठ
: पर्साको छिपहरमाइ गाँउपालिकाको अध्यक्षमा पुन नेकपा एमालेका मनोज गुप्ता विजयी, भएका छन् ।
शुक्रबार बिहान सकिएको मगणनाको अन्तिम परिणाम अनुसार , गाँउपालिका अध्यक्षमा एमालेका उम्मेदवार एंव निवर्तमान अध्यक्ष गुप्ता विजयी भएका हुन् ।
निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवार इन्द्रासन कलवारलाइ ३२० मत अन्तरले हराउदै एमालेका गुप्ता पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुप्ताले ४१८८ मत पाउदा कलवारले भने ३८६८ मत पाएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नवीन सिंह भने ३५२८ मत पाएर तेश्रो स्थानमा रहे ।
यसअघि २०७४ को निर्वाचनमा भने गुप्ता नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेर २८५१ मतका साथ गाँउपालिका अध्यक्षमा निर्वाचत भएका थिए । गुप्ता , एमालेका पर्सा जिल्ला सचिव पनि हुन् ।
यस्तै छिपहरमाइ गाँउपालिकाको उपाध्यक्ष भने नेपाली काँग्रेसले जितेको छ । उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार लीलावती देवी कानु निर्वाचित भएकी छन् ।
लीलावती देवी ३८०१ मतका साथ निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मोदीना खातुनले भने ३५९० मत पाएकी छन् ।

Related posts

उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा

MadhesKhabar

मन्त्रिपरिषद विस्तार , नवनियुक्त मन्त्रीहरुले लिए थपथ

MadhesKhabar

नागरिकता विधेयकलाइ अब रोक्न सकिदैन: गृहमन्त्री खाँण

MadhesKhabar

Leave a Comment