Madhes Khabar
राष्ट्रिय

जनमत पार्टीका मन्त्री भन्छन् : सरकारमा रहने वा नरहने भाेलि फाइनल हुन्छ

मन्त्री अब्दुल खान

काठमाडौं ,०७माघ:जनमत पार्टीका सांसद एवं विनाविभागीयमन्त्री अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि आइतबार टुंगो लाग्ने बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भोलिसम्म आफूहरुको माग पूरा गर्ने आश्वासन सत्तासाझेदार दलहरूले दिएको उनले बताए । ‘भोलिसम्म आश्वासन दिनुभएको छ,’ उनले भने, ‘भोलि फाइनल निर्णय हुन्छ ।’

थुप्रै विकल्पहरुबारे पन छलफल चलिरहेको उनले बताए । ‘बाँकी मन्त्रालयहरु दिने कुरा पनि छ । भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’

सहमति नभएकै कारण आफूलाई ‘कार्यभार सम्हाल्न मुस्किल परेको’ पनि उनले बताए ।साभार:अनलाइनखबर

Related posts

चुनावका लागि दुइ दिन मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिने

MadhesKhabar

बस दुर्घटना अपडेट : वीरगन्जका २ र बाराका ४ सहित १४ जना मृतकको सनाखत

MadhesKhabar

रक्सौल-काठमाडौं रेलमार्ग पाँच वर्षमा तयार हुने

MadhesKhabar

Leave a Comment