Madhes Khabar
राष्ट्रिय हेडलाइन

बस दुर्घटना अपडेट : वीरगन्जका २ र बाराका ४ सहित १४ जना मृतकको सनाखत

क्रान्ति शाह
वीरगन्ज,२० असोज : बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ जना मध्ये अहिले सम्म १४ जनाको सनाखत भएको छ ।

 

दुर्घटनामा परि मृत्यु हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की ३५ बर्षिया मुन्नीदेवी चौरसिया र वीरगन्ज १६ कै ६० बर्षिय सोम प्रसाद चौरसीया रहेका छन् ।

यस्तै बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ का ४१ बर्षिय लिलाराज चौधरी , कलैया १० की ३५ बर्षिया नाजलिन खातुन , कलैया १० कै २५ बर्षिय इताजत अन्सारी , बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगन्जका २८ बर्षिय सुरेश विक र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का ५० बर्षि सन्तोष कुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य मृतकहरुमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ बुडौलीकी ६३ बर्षिया नन्द कुमारी पुडासैनी , खैरहनी ५ कै ३५ बर्षिय मनोरथ पुडासैनी, कालिका नगरपालिकाको रमाईलो चोक घर भएका १५ बर्षिय सफल कडेल , मकवानपुरको हेटौडा उपमहानगरपालिका ७ की ५५ बर्षिया शुभलक्ष्मी श्रेष्ठ , त्यहि स्थानकी १९ बर्षिया स्वस्तिका श्रेष्ठ , ओखलढुङ्गा जिल्ला घर भएका लाल बहादुर बोगटी , गोर्खा जिल्ला घर भएकी ३५ बर्षिया अम्बिका कडेल रहेका छन् ।

बाँकी २ जना मृतकको अझै पनि सनाखत हुन नसकेको र उनिहरुको शव हेटौडा अस्पतालमा रहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

 

बोगटीका अनुसार , घाइते मध्ये १९ जनालाइ थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । ती मध्ये ७ जना घाइते वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का रहेका छन् । हाल भरतपुरस्थित अस्पतालमा १९ जनाको र वीरगन्जको नारायणी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।हेटौडको चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा २ जना र हेटौंडा अस्पतालमा ३ जनाको उपचार भइरहेको बोगटीले जानकारी दिए । बसमा ५० जना सवार थिए ।

नारायणगढबाट वीरगन्जतर्फ आउदै गरेको बा प्र. ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज स्थित तीन नम्बर पुलमा बिहीबार बिहान साढे १० बजे तिर दुर्घटनामा परेको थियो ।

Related posts

बारामा यस बर्ष करिब ११ अर्बको धान उत्पादन

MadhesKhabar

अपडेट : पर्सामा ६९ % मतदान, मतगणना साेमबार बिहान देखि शुरु

MadhesKhabar

सिर्सियास्थित नगर विकास समितिको जग्गा नापजाँच सुरु

MadhesKhabar

Leave a Comment