Madhes Khabar
स्थानिय हेडलाइन

राजमार्गमा पर्ने दुधौरा खोलाको पुल ४ बर्ष देखि अधुरै

मधेसखबर
वीरगन्ज ,१९ भदौ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलाको पुल बनाउन चार वर्षअघि ठेक्का लागे पनि हालसम्म निर्माण पूरा हुन सकेको छैन । ठेक्काको तीन वर्षमा निर्माण भइसक्नुपर्ने सम्झौता भए पनि हालसम्म ३० प्रतिशत मात्र काम भएको हो ।

दुधौरा पुलको पिलर भासिएपछि ४ लेनको नयाँ पुल बनाउन पुल सेक्टर नम्बर २ आयोजनाले २०७५ असारमा ठेक्का लगाएको थियो ।महादेव खिम्ती हिराचन जेभी काठमाडौंले २ स्पानको ९० मिटर पुल बनाउन १७ करोड २२ लाखमा ठेक्का सकारेको थियो । आयोजना प्रमुख केदारप्रसाद नेपालका अनुसार ४ वर्षमा २ वटा जग मात्र ठड्याइएको छ । ‘पटकपटक ताकेता गर्दै आएका छौं । तर बनाएको छैन,’ उनले भने, ‘ठेकेदारको हेलचेक्र्याइँले पुल बन्न सकेको छैन ।’

ताकेता गर्दा म्याद थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उनले बताए । ‘निवेदनसँगै आउँदो २०८० असारभित्र निर्माण सक्ने लिखित प्रतिबद्धता गरेका छन्,’ उनले भने, ‘कोभिडले निर्माण सामग्रीको अभावसँगै महँगीले काम गर्न नसकेको कारण देखाएको छ ।’

पुल नबन्दा डाइभर्सनबाट सवारीसाधन ओहोरदोहोर गर्छन् । ४० वर्षअघि निर्माण गरिएको पुलको पिलर भासिएपछि नयाँ पुल बनाउन थालिएको हो । ट्राफिक कार्यालय पथलैयाका अनुसार उक्त राजमार्ग भएर दैनिक दुई हजारभन्दा बढी गाडी गुड्ने गरेको छ । ‘ठेकेदारले नियमित रूपमा काम गरेको भए अहिलेसम्म पुल बनिसक्थ्यो । तर ठेकेदारले काम गर्नै चाहँदैनन्,’ आयोजनाका इन्जिनियर दिवश सिलवालले भने । साभार : कान्तिपुर

Related posts

वीरगन्ज अशान्त बन्दै गएपछि निषेधाज्ञा हटाएर कर्फु लगाइयो

MadhesKhabar

आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा

MadhesKhabar

पर्साका एसपी मिश्र मधेस प्रदेशमै उत्कृष्ट घोषित

MadhesKhabar

Leave a Comment