Madhes Khabar
शिक्षा हेडलाइन

एसईईमा पर्साबाट ४० प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण

वीरगन्ज,२९ वैशाख : यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा पर्सा जिल्लाबाट ४० प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । राष्टिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सोमबार बेलुकी प्रकाशन गरेको थियो । जसमा देशभरबाट ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा पर्सा जिल्लाबाट भने ४०.४७ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस वर्षको एसईईमा पर्सा जिल्लाबाट नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयका गरी कूल ८ हजार ४१२ विद्यार्थी सहभागी भएकोमा तीमध्ये ३ हजार ४०५ जनामात्रै उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय ईकाई पर्साले जनाएको छ । ५९.५३ प्रतिशत विद्यार्थी भने अनुत्तीर्ण भएका छन् ।

परीक्षा बोर्डले प्रकाशन गरेको एसईईको नजिता अनुसार, पर्सामा एक प्लस ग्रेड ल्याउने ४५९ जना, ए ग्रेड ल्याउने ९१२ जना, बी प्लस ग्रेड ल्याउने ३२४ जना, बी ग्रेड ल्याउने ९५५ जना, सी प्लस ग्रेड ल्याउने ७१७ जना र सी ग्रेड ल्याउने ३८ जना रहेका छन् ।

एसर्ईईमा अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताएका छन् ।

 

Related posts

स्वास्थ्यमन्त्री पौडेल भन्छन् : अबको एक वर्षमा नारायणी अस्पताल देशकै नमूना अस्पताल बन्छ

MadhesKhabar

मधेस प्रदेशमा ८९४ उम्मेदवारको जमानत जफत

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

Leave a Comment