Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्साको धोबिनी गाँउपालिकाका स्वास्थ्य संस्थाहरुमा छैन औषधि, बिरामी र सेवाग्राही मर्कामा

वीरगन्ज,१३बैशाखःपर्साको धोबिनी गाउँपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव हुदाँ सेवाग्रामी र बिरामीहरु मर्कामा परेका छन् ।

सरकारी स्वासथ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्नु पर्ने नेपाल सरकारको प्राबधान छ । तर धोबिनी गाँउपालिकामा रहेका पाँच वटै स्वास्थ्य संस्थाहरुमा विगत केहि महिनादेखि ९८ प्रकारका ती औषधिमध्ये अधिकांश औषधिहरु सकिएको छ । जसका कारण स्वास्थ्य संस्थामा सेवा र उपचारका लागि पुग्ने सेवाग्राही र बिरामीहरु रित्तो हात पार्न बाध्य भइरहेको स्थानीय बताउँछन् ।

गाँउपालिकाको बजेटमा औषधि खरिदको शीर्षकमा रकम विनियोजन गरिएको भएपनि पालिकाका अध्यक्ष मदन चौहान र प्रमुख प्रशासकिय प्रमोद साहबिच कमीशनको भागबण्डा निमेलका कारण औषधि खरिदका लागि वास्ता नगरिएको आरोप स्थानीयबासीको छ ।

लंगडी स्वास्थ्य चौकीका प्रमुख मन्नु पटेलले पनि केहि महिनादेखि औषधिको अभाव रहेको स्वीकारे । उनले औषधि सकिएका कारण स्वास्थ्य चौकीमा आउने सेवाग्राही र बिरामीलाई रित्तो हात फर्काउन बाध्य हुने गरेको बताए । उनले औषधिका लागि गाँउपालिकाको स्वास्थ्य शाखामा आँफुले पटक पटक लिखित रुपमै माग गर्दै आइरहेको भएपनि सुनुवाई नभएको गुनासो गरे ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक संजय यादवले भने गाँउपालिकाबाट औषधि खरिद नगरिएका कारण स्वास्थ्य संस्थाहरुमा पठाउन नसकिएको बताए । उनले भने,‘ हाम्रो स्टोरमा जेजति औषधि मौज्दात छ त्यसैबाट पठाएर काम चलाइइरहेका छौं ।

Related posts

रेडीयो वीरगंजको २२ औँ वार्षिकउत्सवमा २ सय २२ जनाले गरे रगतदान

MadhesKhabar

वीरगन्ज नाका हुँदै सात महिनामा ८ अर्ब ६० कराेडकाे भारतीय धान आयात

MadhesKhabar

घडीअर्वा छठ पूजाको चिठ्ठा : चिया पसलेलाई परयो स्कुटी

MadhesKhabar

Leave a Comment