Madhes Khabar
समाज हेडलाइन

रेडीयो वीरगंजको २२ औँ वार्षिकउत्सवमा २ सय २२ जनाले गरे रगतदान

मधेसखबर
रेडियो बिरगञ्ज ९९ मेगाहर्जको परिसरमा २२ औं वार्षिकोत्सवको अवसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रेडियो बिरगञ्जका प्रबन्धक धुर्ब साहको अध्यक्षता र वीरगञ्ज महाबाणिज्य दूतावासका दूत डी.एस. मिनाको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा २२ महिलासहित २२२ जनाले रक्तदान गरेका छन्। रक्तदाताहरूमा माधुरी महतो , रेनु चौधरी, निर्जना भण्डारी, बिभा गुप्ता, , रामविध्या देवी चौधरी, र राम दरस रजक ,ईश्वर चन्द्र यादव लगायतले रगतदान गरेका थिए ।


कार्यक्रमको प्राविधिक व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता, वीरगञ्ज रक्त सञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डे, र अन्य सहयोगीहरूबाट भएको थियो ।

कार्यक्रममा विभिन्न पार्टीका नेताहरू, स्थानीय समाजसेवी, विद्यार्थी, र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

Related posts

वीरगन्जको हाम्रो सहारा सहकारीका सञ्चालक र कर्मचारी फरार

MadhesKhabar

वीपीसी कलेजका विधार्थीहरु सामाजिक सेवामा सकृय : १ सय ४४ जनाद्वारा रगतदान

MadhesKhabar

पर्यटन दिवसमा ठाेरीवासीकाे आक्राेश : सरकारले ठाेरीलाई बारम्बार झुक्यायाे 

MadhesKhabar

Leave a Comment