Madhes Khabar
समाज

‘सडक सुरक्षा सप्ताह’को अवसरमा आयोजित कार्यक्रममा ३९ जनाद्वारा रगतदान

वीरगन्ज, ६ जेष्ठ : वीरगन्जस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।‘सडक सुरक्षा सप्ताह २०८० ’कार्यक्रमको छैठौं दिन शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३९ जनाले रगतदान गरेका हुन् ।

रगततदान गर्नेहरुमा कोपिला श्रेष्ठ , मनमोहन कुमार यादव , किरण चौधरी , ध्रुब चौधरी , गोविन्द हिमाल , राम महत्तो , सदाम हुसेन , प्रेमलाल साह , आशीष कुमार साह , कृष्ण वर्णवाल लगायतका रहेको कार्यक्रममा सहभागी युवा अभियन्ता दिलिपराज कार्कीले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणीराम थापाको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिपक गिरि , राजेन्द्र भट्टराई , महेशसिंह धामी, रणधीर वर्णवाल लगायतको पनि उपस्थिती थियो ।

Related posts

वीरगन्ज कारागारमा महिला कैदीबन्दीका लागि चिसो खानेपानी मेसिन जडान

MadhesKhabar

बाराकाे चिलझपटीमा आगलागीकाे घटना भएलगत्तै पिडितहरुलाई पुर्वमन्त्री साेनलले गरे खाद्यान्न सहयाेग

MadhesKhabar

कलैयामा पनि महिलाहरुले निकाले अनुपम यात्रा : ‘अबको चुनावमा महिला पहिला’

MadhesKhabar

Leave a Comment