Madhes Khabar
समाज

पुर्वमेयर सरावगीको पहलमा सरकारी विद्यालयलाइ २६ थान पंखा सहयोग

मधेसखबर
वीरगन्ज,१८जेठः
वीरगन्ज महानगर पालिका वडा नम्बर १८ सुखचैना स्थित गिता गजेन्द्र जोशी माध्यमिक विद्यालयलाइ पुर्वमेयर विजय कुमार सरावगीको पहलमा २६ थान पंखा सहयोग गरिएको छ ।
पुर्वमेयर सरावगीको पहलमा वीरगन्जका उद्यमी राम सर्राफले विद्यालयलाइ २६ थान सिलिङ पंखा सहयोग गरेका हुन् ।
बुधबार विद्यालयमै पुगेर पुर्व मेयर सरावगीले विद्यालयका प्रधानाध्यापक राम नारायण मिश्रालाइ ती पंखा हस्तान्तरण गरेका हुन् ।
गर्मीका बेला कक्षाकोठामा विद्यार्थीहरुलाइ पढ्न लेख्न समस्या भएको जानकारी पाएपपछि आफनो आग्रहमा उद्यमी ससर्राफले २६ थान पंखा उपलब्ध गराएपछि बुधबार विद्यालयमा लगेर हस्तान्तरण गरेको सरावगीले बताए । पंखा हस्तान्तरणका बेला पुर्वमेयर सरावगी , प्रधानाध्यापक मिश्रा , विद्यालयका शिक्षक, स्थानीयअगुवा लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

गहवामाई मन्दिरमा भक्तजनकाे सेवामा खटिने स्वयंसेवकलाई अनलाइन न्युज दैनिकले दियाे ५० वटा टी-सर्ट

MadhesKhabar

कालिकामाइका विधालय र सामुदायिक भवन परिसरमा वृक्षारोपण

MadhesKhabar

पटेर्वा सुगौलीमा आयोजित निःशुल्क आँखा शिविरबाट २५० जना लाभान्वित

MadhesKhabar

Leave a Comment