Madhes Khabar
समाज

वीरगन्जको सरकारी विद्यालय र स्वास्थ्य संस्थामा मनोज ग्यास उद्योगको सहयोग

वीरगन्ज,३१ भदौं : मनोज ग्यास उद्योग प्रालिले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा रहेका सरकारी स्वास्थ्य संस्था र विद्यालयलाई सहयोग गरेको छ ।

मनोज ग्यास उद्योगले स्वास्थ्य चौकीलाई २ टन क्षमताको एसी तथा त्यहि वडाको सुखचैनामा रहेको नेपाल राष्टिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयलाई १ लाख ४४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बुधबार वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले ती सामग्री र नगद रकमको चेक हस्तान्तरण गरेका हुन् ।

दासका अनुसार, सुखचैनाको उक्त विद्यालयलाई मनोज ग्यास उद्योगले विगत चार वर्षदेखि आर्थिकसहयोग गर्दै आइरहेको छ ।
दासले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएको बताए । स्थानीय समुदायको आवश्यकता र समस्यालाई ध्यानमा राखेर आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद कुर्मी, प्रधानाध्यापक नन्दकिशोर राम, ग्यास उद्योगका तर्फबाट अरुण दास, चन्दन दास, पत्रकार युवराज खड्का, वीरेन्द्र साह लगायतकाको पनि उपस्थिति रहेको थियो ।

Related posts

दलित र मुस्लिम अब एक भएर हक र अधिकारका लागि लड्नुपर्छ : अध्यक्ष अहमद

MadhesKhabar

लागु पदार्थ विरुद्धको दिवसको अवसरमा सानो पाइलाको ७ दिने अभियान

MadhesKhabar

पर्साकाे इटियाहीस्थित विद्यालयका १३४ विद्यार्थीलाई स्विटर र जुत्ता वितरण

MadhesKhabar

Leave a Comment