Madhes Khabar
समाज

लागु पदार्थ विरुद्धको दिवसको अवसरमा सानो पाइलाको ७ दिने अभियान

मधेसखबर
वीरगन्ज,११ असार : सामाजिक संस्था सानो पाइलाले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा वीरगन्जमा साताव्यापी कार्यक्रम सन्चालन गर्ने भएको छ ।

असार १२ गते आइतबार देखि शुरु हुुने लागु औषध सेवन तथा ओसार पसार विरुद्धको ७ दिने अभियानको पहिलो दिन आइतबार बिहान घण्टाघरमा अभियानको समुद्घाटन गर्नुका साथै सचेतनामुलक रयाली निकालिने सानो पाइलाले जनाएको छ ।

अभियानको दोश्रो दिन असार १३ गते मैत्रीपूर्ण क्रिकेट खेल , तेश्रो दिन असार १४ गते घण्टाघर , माइस्थान र बसपार्कमा सडक नाटक प्रदर्शन र सुचना डेस्क सन्चालन , चौथो दिन असार १५ गते वीरगन्ज कारगारमा अन्तकरृया कार्यक्रम , पाचौ दिन असार १६ गते वीरगन्ज र पोखरीयाका विधालयहरुमा विधार्थीहरुसंग छलफल कार्यक्रम गरिने सानो पाइलाका विवेक कर्णले जानकारी दिए ।

अभियानको छैठौ दिन असार १७ गते वीरगन्जको इन्फोटेक कलेजमा अन्तर विधालय वक्तृत्वकला प्रतियोगता र अभियानको अन्तिम तथा सातौ दिन असार १८ गते दिप प्रज्वलन, आदर्शनगरमा सन्देशमुलक सांगीतिक कार्यक्रम र अन्तरकृया कार्यक्रम गरि अभियानको समापन गरिने कर्णले जानकारी दिए ।

Related posts

पढाइपछि जागीर खोजेनन्, सीपमै आत्मनिर्भर बने : पर्साको धोरेका दीपकको प्रेरणादायी कथा……

MadhesKhabar

वीरगन्जको रामगढवामा पुर्वमन्त्री चौरिसयाले उद्घाटन गरेको कार्यक्रममा ८१ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जको बेलवामा साहिब दरबारद्वारा गरिब विपन्नहरुलाई सिरक वितरण

MadhesKhabar

Leave a Comment