Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

छठ पर्वकाे दाेस्राे दिन आज `खरना´

फाइल तस्बिर ।

वीरगन्ज ,२१कार्तिक : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ विधिवत रुपमा हिजाेबाट शुरु भएको हो।

 

कात्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ। छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन्। जलाशयहरुलाई सिंगारिने काम भइरहेको छ।

छठपर्वको पहिलो दिन हिजाे नहायखाय विधि सम्पन्न गरिएको छ। कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन हिजाे बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।

कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन आज खरना विधि गरिदैंछ। खरनाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), राेटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ।

त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि निराहार व्रत बस्छन्।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको छ ।

Related posts

समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्न प्रधानमन्त्रीसंग मेयर सिंहको माग

MadhesKhabar

वीरगन्जका पाउरोटी उद्योगहरुमा अनुगमन गर्दा फोहोर र म्याद गुज्रिएका पाउरोटी र केक भेटियो

MadhesKhabar

मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द

MadhesKhabar

Leave a Comment